Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ डडेल्धुरा अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित ५६ जना कर्मचारी माग

डडेल्धुरा अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित ५६ जना कर्मचारी माग


डडेल्धुरा । डडेल्धुरा अस्पतालले बिशेषज्ञ  चिकित्सक  सहित विभिन्न पदमा ५६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ। अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीसहित विभिन्न प्राविधिक र प्रशासनिक पदमा कर्मचारी माग गर्दै सात दिनको म्याद राखेर दरखास्त आह्वान गरेको हो।
अस्पतालले मेडिकल अधिकृत १०, स्टाफ नर्स २५, हेल्थ असिस्टेन्ट ५, मेडिकल ल्याब टेक्नोलोजिस्ट ३, डेन्टल सर्जन २ लगायत इन्जिनियर, एनेस्थेसियोलोजिस्ट, फिजियोथेरापिस्ट, माइक्रोबायोलोजिस्ट, डाइटिसियन तथा अन्य पदमा कर्मचारी माग गरेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!