नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै
काठमाडौं । नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन आयोजना हुने भएको छ। ‘स्वास्थ्य प्रवर्द्धन केवल गतिविधि मात्र होइन, यो एक स्थापित स्वास्थ्य विधा हो’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त सम्मेलनमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा रहने आयोजकले जनाएको छ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल (HEPEAN) को आयोजनामा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको नेतृत्वमा हुने यो सम्मेलन आगामी २०८३ मंसिर ४ र ५ गते (नोभेम्बर २० र २१, २०२६) ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) मा हुनेछ।
सम्मेलनमा WHO, IUHPE, NHRC, UNFPA, GIZ,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS)लगायतका विकास साझेदार तथा सहयोगी संस्थाहरूको सहकार्य रहेको स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघका अध्यक्ष हेमराज खड्काले बताए। सम्मेलनको उद्देश्य स्वास्थ्य प्रवर्द्धनको महत्व, स्वास्थ्य सेवा प्रणालीमा संस्थागत विकास, नीतिगत सुधार, अनुसन्धान तथा सार्वजनिक स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यान्वयनबारे अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुभव आदानप्रदान गर्नु रहेको छ। सम्मेलनपछि स्वास्थ्य प्रवर्द्धनसम्बन्धी ‘पाटन घोषणापत्र’ जारी गरिने पनि आयोजकले जनाएको छ।
ओटावा चार्टरको विश्वव्यापी घोषणा भएको ४० वर्ष पूरा भएको अवसरमा नोभेम्बर २१ मा नेपालमा दोस्रो पटक स्वास्थ्य प्रवर्द्धन दिवस मनाइने छ। सम्मेलनमा सहभागी हुन अनलाइन दर्ता खुला गरिएको छ। इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको आधिकारिक लिङ्कमार्फत अनलाइन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
ताजा अपडेट
- चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन
- स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ : मुख्यमन्त्री भट्ट
- शिक्षा–स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार अन्योलमा गेटा विश्वविद्यालय, अस्पताल हस्तान्तरणदेखि पदाधिकारी नियुक्तिसम्म अल्झियो
- जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड
- जलवायु परिवर्तनका मुद्दामा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड
- नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै
- कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
- डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया