स्वस्थ जीवनशैलीमा सघाउने ९ कुरा
स्वस्थ जीवनशैलीले प्राकृतिक रूपमा नै उच्च तहको ऊर्जा प्रदान गर्छ र फुर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाइ गर्नु हुँदैन । स्वस्थ जीवनशैलीका केही आधारहरू यी हुन् :
- निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, ऊर्जा दिन र भोलिपल्ट अझै बढी फुर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ । व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन् । पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ
- पानी : पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नहुने तत्त्व हो । पानीबिना जीवनको अस्तित्व नै असम्भव छ । मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ । यसका लागि सक्दो बढी पानी पिउनुपर्छ । पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ । स्वस्थ रहन र अन्य रोगबाट बच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तीमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रूपमा स्फूर्ति दिन्छ ।
- उचित भोजन : स्वस्थ जीवनशैलीका लागि अर्को आवश्यक तत्त्व हो स्वस्थ भोजन । यसका लागि स्वस्थ फलफूल, सागसब्जी, मासु, गेडागुडी नियमित उपभोग गर्नुपर्छ। तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न ।
- व्यायाम : स्वस्थ जीवनशैलीका लागि व्यायाम पनि एउटा महत्त्वपूर्ण पाटो हो । नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तीमा पनि आधा घण्टा व्यायाम गर्नुपर्छ ।
- सकारात्मक सम्बन्ध : जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ । कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरूमा शारीरिक रूपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । स्वस्थ जीवनशैलीका लागि सधैँ सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ ।
- विश्राम : दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्त्वपूर्ण पाटो हो । आफ्नो बहुमूल्य समय खेर नफाली समय(समयमा ब्रेक लिनुपर्छ ।
- मानसिक स्वास्थ्य : मानसिक रूपमा स्वस्थ भएमा तपाईँको समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउँछ । मानसिक पीडा र चिन्ताले शारीरिक रूपमा समेत असरगर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनावमुक्त भई खुसी जीवनयापन गर्नुहोस् ।
- ताजा हावा र सूर्यको घाम : कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुहोस् । शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाम लिनुहोस् ।
- नियमित स्वास्थ्य परीक्षण गर्ने : सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नुहोस् ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया