‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’
धनगढी । अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको संख्या बढ्दै गएको बताउँदै सम्वद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
हरेक व्यक्तिमा केही न केही खालको तनाव भएकाले त्यसलाई व्यवस्थापन गर्न विभिन्न माध्यम अपनाउन सकिने कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरुले बताएका हुन् ।
बहस कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समयमा धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको बताए । उनले भने,‘हरेक १० जना बयस्क मानिस मध्ये १ जनामा मानसिक स्वास्थ्य समस्याले पिरोलिइरहेको छ । जुन तथ्यले हाम्रो समाजमा विकराल रुप लिन सक्छ ।’ अहिलको खानपान, आवश्यकता र समाजले गर्दा मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको उनले औंल्याए ।
उनले भने,‘मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएकाले नेपाल सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधी मध्ये ११ प्रकारका मानसिक स्वास्थ्य सम्बन्धिका औषधिहरु रहेका छन ।’ ती औषधिहरु अहिले स्वास्थ्य कार्यालयमार्फत् स्वास्थ्य चौकीमा निःशुल्क पाइने गरेको उनले बताए । गाउँघर स्तरका स्वास्थ्य संस्थाहरुमा मानसिक स्वास्थ्यका सेवाहरु नभएको बताउँदै उनी भन्छन्,‘सरकारले नीतिगत काम त गरेको छ । तर, त्यहाँ चाहिने चिकित्सकका साथै पूर्वाधारमा भने काम भएको छैन ।’

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यार्थी लक्षित काम गरिरहेको बताउँदै प्रमुख कुँवरले भने,‘स्वास्थ्य कार्यालयले विभिन्न सरकारी संघसंस्था, कार्यालय तथा गैरसरकारी संस्थासँग मिलेर मानसिक स्वास्थ्य समस्याका विषयमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सन्देश प्रवाहित गरिरहेको छ ।’
बहसमा बोल्दै अर्का बक्ता डा सुशान अर्यालले धेरैजसो विद्यार्थीहरुमा अहिले मानसिक स्वास्थ्य समस्या देखिएको बताउँदै भने,‘किशोरावस्थामा बढी मानसिक स्वास्थ्य समस्या देखिन्छ, यो बेला मनमिल्ने साथीभाइसँग आफ्ना पीडाहरु व्यक्त गर्ने, रमाइलो ठाउँमा घुमघाम गर्ने र घरपरिवारसँग बस्ने गर्नाले पनि केही हदसम्म समस्या समाधान हुन्छ ।’ मानसिक समस्या भएमा सबैभन्दा राम्रो उपाय ध्यान गर्नु पनि भएको उनले बताए । एक्लोपन राम्रो नभएको बताउँदै उनले एक्लै बस्ने बानीले मानसिक स्वास्थ्य समस्या बल्झँदै गइरहेको बताउँदै भने,‘एक्लै बस्ने बानी राम्रो होइन, जसले गर्दा मानसिक स्वास्थ्यमा समस्या देखापर्छ ।’
सुदूरपश्चिम प्रदेश प्र्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तनाव व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्यादेखि पारिवारिक बेमेल, गरिबी, दीर्घरोगी र व्यवसायिक असफलता बढीरहेको र जसले अपराध बढ्दै गएको बताए । उनले भने,‘मानसिक स्वास्थ्य अवस्थालाई ठीक ठाउँमा राख्न एक्लोपन छाडेर मनमिल्ने साथीभाइको संगत गर्ने, खेलकुदमा व्यस्त रहने र आफ्नो काममा तल्लिन भइरहनु जरुरी छ ।’
अहिले अपराधिक घटना घट्नुमा पनि मानसिक स्वास्थ्य समस्याले नै भएको बताउँदै उनले भने,‘मानसिक स्वास्थ्य समस्या कम गर्न दुव्र्यसनीमा मानिस फस्छ, त्यहीबाट नै अपराधिक घटना बढ्दै गइरहेको छ ।’ मानिसका इच्छा आकांक्षा धेरै ठूला हुनु र ति परिपूर्ति गर्न नसक्दा पनि आत्महत्या जस्ता घटना घटिरहेको उनले बताए ।
सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । बुधबार आठौं श्रृङ्खलामा बदलिँदो समाज र तनाव व्यवस्थापन विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया