Techie IT
  • आईतबार, मंसीर ७, २०८३ / Monday, November 23, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा कैलाली पहिलो, बझाङ दोस्रो 

स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा कैलाली पहिलो, बझाङ दोस्रो 


धनगढी। सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकाङ्कहरूको मूल्याङ्कनमा उत्कृष्ट प्रगति हासिल गर्दै कैलाली पहिलो भएको हो।

स्वास्थ्य कार्यालयहरूको कार्यसम्पादनमा स्वास्थ्य कार्यालय बझाङ दोस्रो र स्वास्थ्य कार्यालय दार्चुला तेस्रो भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८२/०८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य कार्यालयहरूलाई सम्मान गरेको हो।

स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कन गर्दा प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय कैलालीलाई सम्मान-पत्र प्रदान गरिएको छ। सम्मान-पत्रमा कैलालीले उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको समग्र स्वास्थ्य अवस्था सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बम, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव संगीता ओझा र सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले संयुक्त रूपमा सम्मान-पत्र प्रदान गरेका हुन्।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहको अवस्था तथा निर्धारित स्वास्थ्य सूचकाङ्कमा हासिल गरेको प्रगतिका आधारमा कार्यालयहरूको मूल्याङ्कन गरिएको हो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!