नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ ।
ती शिविरमा कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए ।
अस्पतालले नख्खुमा कारागारमा कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा परीक्षण गराउनेमा मोतिबिन्दु, दृष्टिदोष तथा मनसुनमा देखिने विभिन्न रोगको पहिचान भएको अस्पतालले जनाएको छ ।
विशेषज्ञसहित आठ जनाको टोलीले त्यस शिविरमा २० जनामा मोतिविन्दु पहिचान गरेको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरेको उनले जानकारी दिए। आँखा परीक्षणका क्रममा मोतीबिन्दु देखिएकालाई कारागार व्यवस्थापनसँगको सहकार्यमा अस्पतालले केही समयपछि निःशुल्क शल्यक्रिया गर्नेछ ।
त्यस्तै, १४६ जना कैदीबन्दीमा पढ्न/लेख्न समस्या देखिएकाले निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको तथा शिविरमा उपचार हुन नसकेका ९२ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको जनाइएको छ ।
त्यस अवसरमा अस्पतालकै प्राविधिक टोलीले कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि आँखा स्वास्थ्य, सुरक्षा तथा हेरचाहका सम्बन्धमा चेतनामूलक अभिमुखीकरणसमेत प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिए । उक्त अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र सदरखोर (कारागार) डिल्लीबजारसँग सम्झौता गरी त्यहाँका कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, त्यस अस्पतालले लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिकस्थल गुरुद्वारामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो ।
त्यसअवसरमा शिविरमा आँखा परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो भने १४१ जनालाई औषधि प्रदान गरिएको जानकारी दिइयो ।
एजिङ केयर सेन्टरमा आँखा शिविर
नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालित निःशुल्क आँखा शिविरमा १०५ बिरामीको आँखा जाँच गरिएको छ ।
शिविरमा आँखा परीक्षण गरिएकामध्ये सेन्टरका नौ जना र स्थानीय पाँच जनामा मोतीबिन्दुको पहिचान गरिएको अस्पतालले जनाएको छ । सेन्टर र समुदायका गरी २२ जनालाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाइँले जानकारी दिए ।
यसअघि उक्त शिविरको नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया