Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशलम्कीचुहा नगरपालिकाद्वारा अस्पतालका उपकरणसहित प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण

लम्कीचुहा नगरपालिकाद्वारा अस्पतालका उपकरणसहित प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण


काठमाडौं। लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पताल औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

शनिबार नगरपालिकाले अस्पतालमा रहेका जिन्सी सामान, स्वास्थ्य उपकरण तथा अन्य आवश्यक सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो। सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखाको अगुवाइमा हस्तान्तरण प्रक्रिया सम्पन्न भएको जनाइएको छ।

हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पदाधिकारी, अस्पताल व्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बमलगायतको उपस्थिति रहेको थियो।

सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारका अनुसार अस्पतालका उपकरण तथा जिन्सी सामान यसअघि नगरपालिकाको स्वामित्वमा रहेका थिए। शनिबार ती सम्पूर्ण सामग्री प्रादेशिक अस्पताललाई विधिवत् हस्तान्तरण गरिएको उनले जानकारी दिए।

नगरपालिका र प्रदेश सरकारबीच केही प्रशासनिक तथा प्रक्रियागत अवरोधका कारण अस्पताल हस्तान्तरणमा ढिलाइ भएको थियो। यसअघि गत जेठ १४ गते बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा तत्कालीन मुख्यमन्त्री कमल शाहले अस्पतालको उद्घाटन गरेका थिए।



तपाईको प्रतिक्रिया

error: Content is protected !!