बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
बागमती । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।
प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २२ वटा डायलासिस मेसिन थप गरी सेवा विस्तार गरेको छ ।
प्रदेश सरकारले क्यान्सर रोगको उपचारमा थप रु ५० हजारसम्म सहुलियत उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रदेशभित्रका १८ अस्पतालसँग सम्झौता गरी उपचार सहुलियत प्रदान गरिरहेको उनले बताए। साथै, हृदयाघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रम पनि निरन्तर सञ्चालनमा रहेको छ ।
भक्तपुर अस्पतालमा ‘स्ट्रोक म्यानेजमेन्ट’सहित स्नायुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको चौतारा अस्पताल र मकवानपुरको हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ भने भक्तपुर अस्पतालबाट ‘अल्जाइमर’सम्बन्धी सेवा पनि प्रदान गर्न थालिएको छ ।
प्रदेशका १३ वटै जिल्लाका दुर्गम क्षेत्रमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान सञ्चालन गर्नुका साथै विशेषज्ञ स्वास्थ्य शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत विशेषज्ञ आयुर्वेद सेवा पनि उपलब्ध गराइएको छ ।
“प्रदेशमा स्वास्थ्य उपचार सेवाको प्रभावकारिता अभिवृद्धिका लागि थुप्रै काम भएका छन्,” मन्त्री थापा मगरले भने, “प्रदेश मातहतका अस्पतालमा विभिन्न विशिष्टीकृत सेवा विस्तार गरिनुका साथै समुदायस्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको छ ।”
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया