लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : नगर प्रमुख र डाक्टरको विवाद मिलाउन मन्त्रालयमा वार्ता, दुवैबीच सहमति
धनगढी । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (निमेसु) डा. कमलेश प्रसाद यादवबीच देखिएको विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा शुक्रबार आयोजित वार्तामा दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
बैठक सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्टको उपस्थितिमा सम्पन्न भएको थियो ।
वार्तापछि दुवै पक्षले अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति गरेका छन् ।

केही समयदेखि अस्पतालको व्यवस्थापन र कार्यसम्पादनलाई लिएर नगरप्रमुख र निमित्त मेसुबिच विवाद चर्किएको थियो । विवाद सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा चर्चामा आएपछि सामाजिक विकास मन्त्रालयले समेत गम्भीर ध्यानाकर्षण जनाएको थियो ।
यसअघि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र स्वास्थ्य सेवामा कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको थियो । साथै, प्रशासनिक वा व्यवस्थापकीय विवाद कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको थियो ।
वार्तापछि दुवै पक्षले विगतका असमझदारीलाई अन्त्य गर्दै आपसी संवाद र सहकार्यबाट लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया