विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना
मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ । नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो ।
महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रुपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो । विद्यालयमा महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित स्कुल जानका लागि सहज भएको बडिमालिका माध्यमिक विद्यालय रास्कोटका कक्षा ९ मा अध्यायनरत छात्रा कल्पना शाहीले बताईन् ।
“महिनावारी भएका बेला हरेक महिना पाँच दिन विद्यालय जान असहज हुने गरेको थियो”, उनले भनिन्, “विद्यालयमा पढ्दै गर्दा पेट दुख्ने, रिङ्गटा लाग्ने हुन्थ्यो । अहिले विद्यालयमै महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित पढ्न जान थालेकी छु ।”
विद्यालयको महिनावारी आराम कक्षमा आवश्यक स्यानेटरी प्याड, सफा पानी, प्राथामिक उपचार साम्रगी, आराम गर्ने बेड तथा सरसफाइका साम्रगी व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुलमा छात्राको उपस्थित हुने गरेको बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले जानकारी दिए ।
“किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको हो”, उनले भने, “महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउँदा अहिले किशोरीहरू नियमित पढ्न आउन थालेका छन् ।”
नगरकापालिकाका चारवटा माध्यमिक र छवटा आधारभूत विद्यालयमा महिनावारी आरम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छ्रता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले बताए । उहाँले यसबाट किशोरीहरूलाई विद्यालयमा नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको जानकारी दिए ।
विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले बताए । “स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिएको छ, रास्कोटको शैक्षिक सुधारमा पहिलो प्रथामिकता राखेर आगाडि बढेको छ”, उनले भने ।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया