शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
धनगढी । कैलालीको गेटामा रहेको नेपालकै पहिलो तथा एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्थापित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति र रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरिएको छ ।
विश्वविद्यालयमा नेतृत्व चयन प्रक्रिया अघि बढाउँदै सरकारले उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न ३ सदस्यीय सिफारिस समिति गठन गरेको हो । गत जेठ ५ गते गठित समितिमा प्रा. डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन् ।
सिफारिस समितिले स्वीकृत गरेको ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको हो । समितिद्वारा जारी सूचनाअनुसार उपकुलपति वा रजिष्ट्रार पदका लागि आवेदन दिन चाहने योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ ।
आवेदनका लागि आवश्यक ढाँचा तथा विस्तृत कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइट मार्फत उपलब्ध गराइएको जनाइएको छ । सार्वजनिक बिदाको दिन अन्तिम मिति परेमा त्यसपछिको कार्यालय खुलेको दिन आवेदन दिन सकिने व्यवस्था गरिएको समितिले जनाएको छ । विश्वविद्यालय सञ्चालन र शैक्षिक कार्यक्रम विस्तारको तयारी भइरहेका बेला प्रमुख नेतृत्व पदमा नियुक्ति प्रक्रिया अघि बढाइनुलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । 
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया