किष्ट मेडिकल कलेजमा दुई सय जनाको सफल मिर्गौला प्रत्यारोपण
निजी अस्पतालहरुमा अग्रणी उपलब्धि
ललितपुर । ललितपुरमा रहेको किष्ट मेडिकल कलेजले २ सय जनाको सफल रूपमा मिर्गौला प्रत्यारोपण गरेको छ । निजी क्षेत्रका मेडिकल कलेजहरु मध्ये यो संख्या सबैभन्दा बढी हो ।
किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रका अस्पतालहरूमध्ये सबैभन्दा बढी २ सय जनाको सफल रूपमा मिर्गौला प्रत्यारोपण गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर अभिषेक थापाले बताए ।
‘निजी क्षेत्रका मेडिकल कलेजहरु मध्ये यो ऐतिहासिक उपलब्धि हो’ प्रबन्ध निर्देशक थापाले भने । उनले अन्तर्राष्ट्रिय स्तरका प्रत्यारोपण केन्द्रहरूसँग तुलना गर्न मिल्ने सफलता दर कायम राख्दै यो ऐतिहासिक उपलब्धि हासिल गरिएको बताए ।
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय उपचार, आधुनिक प्रविधि र बिरामी मैत्री सेवामार्फत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यस सफल यात्रामा अनुभवी तथा दक्ष सर्जनहरू, नेफ्रोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, नर्सिङ तथा प्राविधिक टोलीको समर्पण प्रमुख आधार रहेको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।
सेन्टरले नेपालमै पहिलो पटक विभिन्न उन्नत अभ्यासहरू कार्यान्वयन गर्दै जीवित दाताबाट मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । यस प्रक्रियामा दाताको सुरक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिइन्छ । दाता पूर्ण रूपमा स्वस्थ रहेको सुनिश्चित गर्न विस्तृत स्वास्थ्य परीक्षण गरिन्छ र शल्यक्रियापछि पनि निरन्तर निगरानी तथा आवश्यक हेरचाह प्रदान गरिन्छ । जसले दातालाई सुरक्षित र सहज अनुभव सुनिश्चित गर्छ ।
पेयर्ड एक्सचेन्ज पद्धति अथवा बिरामीका आफ्नै परिवारका वा कानुनले तोकेको नजिकका नातेदार दाता मिलेन भने पनि आशा नसकिने मेडिकल कलेज प्रशासनले जनाएको छ । ‘यस्तो समस्या आएमा अर्को बिरामी–दाता जोडीसँग मिलान खोजिन्छ, अर्को दाताको मिल्यो भने साटासाट गरेर पनि मिर्गौला प्रत्यारोपण गरिन्छ’ मेडिकल कलेजका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर स्मीता बमले बताईन ।
किष्टले ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दै आएको छ । यो एक आधुनिक र न्यून चिरफार विधि हो । यस प्रविधिमा सानो चिराबाट विशेष क्यामेरा र उपकरण प्रयोग गरी दाताको मिर्गौला निकालिन्छ । यस विधिबाट दातालाई कम पीडा हुने, रक्तस्राव कम हुने, संक्रमणको जोखिम घट्ने तथा छिटो निको हुने जस्ता फाइदाहरू हुने मेडिकल कलेज प्रशासनले जनाएको छ ।
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले ‘गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य स्वास्थ्य सेवा’ प्रदान गर्ने लक्ष्य लिएर आगामी दिनहरूमा अझ धेरै बिरामीहरूलाई नयाँ जीवन प्रदान गर्ने लक्ष्य लिएको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया