बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए ।
यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले जानकारी दिए । अभिमुखीकरण अनुसार आवश्यक तयारी थाल्न उनले सरोकार भएका सबैलाई निर्देशन दिए ।
प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पुर्याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गरे ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ्य सहर निर्माण गरी स्वस्थ्य नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको धारणा राखे ।
उनले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउनेगरी योजना तर्जुमा गरिएको जानकारी दिए । प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।
प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्य सचिव गौतमले जानकारी दिए। स्वस्थ्य सहर, स्वस्थ्य नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्नेगरी प्रत्येक जिल्लामा तयारी गरिएको उनले बताए ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया