बैतडी बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग
औषधोपचार खर्च प्रदेश सरकारले व्यहोर्ने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ ।
बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ ।
उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीबार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया