डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
धनगढी । डडेल्धुरा अस्पताललले आकस्मिक बाहेक सबै सेवा बन्द गरीएको छ ।
बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र केही अराजक व्यक्तिहरूले दुर्व्यवहार गरेको भन्दै अस्पताल विकास समितिले उक्त घटनाप्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो ।
अस्पताल विकास समितिद्वारा जारी प्रेस विज्ञप्तीमा अध्यक्ष ओझा अस्पतालको सेवा प्रवाह सुदृढ बनाउन, बिरामी सेवाग्राहीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको उल्लेख गरिएको छ ।
प्रमाणविहीन र तथ्यहीन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र गरिमामय संस्थाभित्र गरिएको व्यवहारले सम्पूर्ण अस्पताल परिवारलाई लज्जित तुल्याएको विज्ञप्तीमा भनिएको छ।
यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने र कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने बाहेक कुनै उपलब्धि नहुने अस्पतालको ठहर छ।
घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अस्पतालले जोडदार माग गरेको छ । साथै भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, प्रशासन तथा नागरिक समाजलाई अस्पतालले हार्दिक अपील गरेको छ ।
दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएमा कर्मचारीको कमजोर बनेको मनोबललाई मध्यनजर गर्दै भोलि २४ गतेदेखि आकस्मिक सेवा बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द रहने अस्पताल विकास समितिले जनाएको छ ।

ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया