भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए ।
उनले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताए । “एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ”, डा सुवेदीले भने।
मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली आएका छन् । डा सुवेदीले अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
उनका अनुसार महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ । अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने जनाइएको छ ।
अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् । यहाँ मिर्गौला प्रत्यारोपण न्यूनतम शुल्कमा हुने र यसबाट बिरामीले लाभ लिने डा सुवेदीको भनाइ छ ।
अस्पतालले पछिल्लो समय जलनका बिरामीका लागि छ शय्याको छुट्टै वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोष्ट अपरेटिभ वार्ड, नयाँ ओपिडीसमेत सञ्चालनमा ल्याएको छ ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धी हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया