सुदूपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा
थप ३ जना बढुवामा सिफारीस
धनगढी । सुदूपश्चिम प्रदेश सरकारले पहिलो पटक उपसचिव बढुवा गरेको छ ।
प्रदेश सरकारले कानुन निर्माण गरी सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, भेटनरी, लेखा, कृषि, इन्जिनियरिङका साथै अन्य सेवाका प्रदेशमा समायोजन भएका कर्मचारीहरूको बढुवा भएको हो ।
जसमध्ये स्वास्थ्य क्षेत्रको चिकित्सक, आयुर्वेद चिकित्सक, जनस्वास्थ्य अधिकृत ,स्वास्थ्य शिक्षा अधिकृतका साथै नर्सिङ अधिकृत पदमा भएका कर्मचारीको बढुवा गरेको हो ।
जसमध्ये जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, ईएनटी सर्जन, मेडीकल सुपरीडेन्टेन्ट, कन्सल्टेन्ट आयुर्वेद विज्ञसँगै अस्पताल नर्सिङ प्रशासकको विभिन्न प्रक्रियाबाट बढुवा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले उपसचिव पदमा बढुवा गर्नेमा चिकित्सकमा डा ज्योति पाण्डेय, डा सन्दिप कुमार ओखेडा र आर्युर्वेद चिकित्सक डा खगेन्द्र बम रहेका छन् ।
त्यसैगरी, जनस्वास्थ्य प्रशासकमा बढुवा हुनेमा झनक राज ढुङ्गाना र ओम प्रकाश जोशी रहेका छन् ।
स्वास्थ्य शिक्षा प्रशासक पदमा बढुवा हुनेमा हेमराज खड्का रहेका छन् भने अस्पताल नर्सिङ प्रशासकमा सिमा शर्मा रहेकी छिन् ।
यस्तै, स्वास्थ्य तर्फको उपसचिव पदमा बढुवा सिफारीस हुनेमा थप ३ जना रहेका छन् ।
सिफारीस हुनेमा बरीष्ठ जनस्वास्थ्य अधिकृत द्धय रमेश कुवँर,रमेश मलासी र अस्पताल नर्सिङ प्रशासकमा कमला बिष्ट रहेका छन्।
आठौं तह भएको १८ वर्ष पछि बढुवा
सुदूरपश्चिम प्रदेशमा एक आयुर्वेद चिकित्सकको आठौं तह भएको १८ वर्षपछि उपसचिवस्तर आर्युर्वेद कन्सल्टेन्ट विज्ञमा बढुवा भएको हो ।
आर्युर्वेद चिकित्सक डा खगेन्द्र बमको कार्यक्षमता मुल्याङकनको आधारमा प्रदेश सरकारले बढुवा गरेको हो ।
स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक रहेका आयुर्वेद चिकित्सक डा. बम २०६३ मा सरकारी सेवा प्रवेश गरी २०६४मा आठौं तह भएका थिए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया