सरकारी अस्पतालका गोदाममा करोडौँका उपकरण प्रयोगविहीनता माथि महालेखापरीक्षकको प्रश्न
काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा रु ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा रु पाँच करोड ३७ लाख ८२ हजार बराबरको ‘क्याथल्याब मेसिन’ जनशक्तिको अभावमा २०७२ सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । त्यस्तै, रु २४ करोड ७७ लाख नौ हजार बराबरको ‘सिटी स्क्यान सिस्टम’, १४ थान भेन्टिलेटर र पाँच थान ‘सी–आर्म मेसिन’ पनि सञ्चालनमा आउन सकेका छैनन् ।
यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रु ७२ लाख ६० हजार मूल्यका ‘इसिजी केबुल’ ३०० थान, गजेन्द्रनारायण सिंह अस्पतालमा रु चार करोड ९० लाख ९५ हजार बराबरका ‘एक्स–रे मेसिन’, ‘इन्डो युरोलोजी’, ‘ल्याप्रोस्कोपी सिस्टम’, एनेस्थेसिया मेसिन तथा ‘इलेक्ट्रो कार्डियोलोजी’ उपकरणसमेत प्रयोगविहीन अवस्थामा छन् ।
सिंहदरबार वैद्यखाना विकास समितिमा ‘सिङ्गल रोटरी ट्याब्लेटिङ मेसिन’, एयर कम्प्रेसर, इन्जेक्ट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर लगायतका उपकरण लामो समयदेखि थन्किएका छन् । विभिन्न ६० प्रकारका मेसिन तथा नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान, १.५ टेस्ला एमआरआई मेसिनलगायत उपकरण पनि उपयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य सेवा विभागले यस वर्ष नौ सय ६५ हाइड बोर्ड र नौ सय ६५ इलेक्ट्रोनिक वेट स्केल खरिदमा रु छ करोड ७३ लाख २१ हजार खर्च गरेको भए पनि अघिल्लो वर्ष खरिद गरिएका रु छ करोड ५३ लाख ९९ हजार बराबरका एक हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल पनि प्रयोगविहीन अवस्थामा रहेका छन् । त्यस्तै, रु दुई करोड ४२ लाख ५४ हजारका १३३ थान विभिन्न सात प्रकारका उपकरणसमेत थन्क्याएर राखिएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘टेलिथेरापी मेसिन’ चार वर्षदेखि ‘बङ्कर’मै प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिन लागेकाले विकिरण जोखिमसमेत बढेको उल्लेख छ ।
महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्ता उपकरणको प्रभावकारी उपयोग सुनिश्चित गर्न, अनुगमन गर्न तथा समग्र लगत तयार गरी व्यवस्थापन गर्न सुझाव दिएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया