भेरी अस्पतालमा मस्तिष्कघातका बिरामीलाई दिईने अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ ।
सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए । उनले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताए । “मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पु(याउनसके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ”, डा पाण्डेले भने ।
एक ‘भायल’को करिब रु एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ ।
पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले बताए । सो परिमाणले सात विरामीको उपचार गर्न सकिन्छ । भरतपुर, काठमाडौँलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन ।
हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदी, मेडिसिन विभाग प्रमुख डा पाण्डेलगायतको पहलमा यहाँ पनि निःशुल्क उपलब्ध गराइने भएको हो ।
अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया