बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर: करिब तीन हजार जना लाभान्वित
काठमाडौँ । बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँचदिने शिविर आयोजना गरेको थियो । शिविरमा दुई हजार ८९४ निःशुल्क आँखा परीक्षण तथा १५६ जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो रफिकलगायतका १३ सदस्यीय टोलीले शिविरमा सेवा पु¥याएको थियो । सन् २०२३ देखि सञ्चालन हुँदै आएको सो कार्यक्रममार्फत बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन् ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले नेपालमा उपलब्ध अन्तरराष्ट्रियस्तरको आँखा उपचार सेवाबाट बङ्गाली नागरिकलाई लाभान्वित गराउन निःशुल्क आँखा शिविर आयोजना गरिएको जानकारी दिए । उनले भने, “शिविरले ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनका साथै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गरेको छ ।”
कार्यक्रममा बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप बलियो बनाएको उल्लेख गर्नुभयो । शिविरको शुभारम्भ बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गरेका थिए ।
सङ्घका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ भने । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि नेपाल र बङ्गलादेशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गरे ।
बङ्गलादेशको भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिले शिविर सञ्चालन गर्न सहयोग गरेका जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत नेपालभर गुणस्तरीय तथा सुलभ आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ ।
निःशुल्क स्वास्थ्य शिविर : विदेशमा बढ्दो माग
सङ्घले नेपालका साथै भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया, इथियोपियालगायत विभिन्न देशमा पनि प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, निःशुल्क आँखा शिविर र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
सङ्घका अनुसार पछिल्ला वर्षहरूमा बङ्गलादेशबाट गुणस्तरीय तथा सस्तो नेत्र उपचारका लागि नेपालका आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्याया निरन्तर बढिरहेको छ । ठाकुरगाँवमा सञ्चालित सो शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वासलाई थप सदृढ बनाउनुका साथै बङ्गलादेशबाट नेपालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि भई आँखा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको जनाइएको छ ।
सङ्घका अनुसार नेपाल र बङ्गलादेशबीच स्वास्थ्य क्षेत्रमा बढ्दो सहकार्यले सीमापार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै नेपालको नेत्र उपचार सेवा र ‘स्वास्थ्य पर्यटन’प्रर्वद्दनमा मा समेत सकारात्मक योगदान पु¥याएको छ ।
ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया