नेपाल चिकित्सक सङ्घको अध्यक्षमा डा रिजाल
काठमाडौँ । नेपाल चिकित्सक सङ्घमा डा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ ।
मंगलबार सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए ।
डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन्।
कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् ।
सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया