सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
थप २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा
धनगढी । सुदूरपश्चिममा १ सय शय्याको ७ वटा निजी अस्पतालमा सञ्चालनमा छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार अन्य २ वटा अस्पताललहरुले १०० शय्याको स्वीकृतीका लागि आवेदन दिएका छन् ।
अहिले सबैभन्दा धेरै १ सय शय्याका ५ वटा निजी अस्पतालहरु धनगढीमा उपहानगरमा सञ्चालनमा रहेका छन् ।
त्यसबाहेक डोटीमा एक र कैलालीको गोदावरी अत्तरियामा एक वटा निजी १०० शय्याका अस्पताल सञ्चालनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमध्ये धनगढीमा नवजीवन अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो अस्पताल, केयर टेकर अस्पताल र सिपी अस्पताल १०० शय्या सञ्चालनमा छन् । डोटीको राजपुरस्थित सुजुङ्ग हस्पिटल र कैलालीको अत्तरियास्थित अत्तरिया अस्पताल १०० शय्या सञ्चालनमा छन् । अत्तरिया अस्पतालले हालै सुदूरपश्चिममै पहिलोपटक क्याथ ल्याब सेवा पनि सुरु गरेको छ ।
सामाजिक विकास मन्त्रालयको नीति, कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्यका प्रमुख रमेश मलासीकाअनुसार १०० शय्याको स्वीकृतीका लागि कञ्चनपुरको मन्त्र अस्पताल र कैलाली अस्पताल प्रक्रियामा छन् । ‘मन्त्रको अन्तिम निर्णय हुन बाँकी छ तर सबै प्रक्रिया पूरा भएर अन्तिम चरणमा पुगेको छ,’ मलासीले भने, ‘कैलाली अस्पतालको पनि प्रक्रिया सुरु भएको छ ।’ त्यसबाहेक सुदूरपश्चिममा निजी क्षेत्रका दुई वटा ५० शय्याका अस्पताल पनि धनगढीमै सञ्चालनमा छन् ।
सुदूरपश्चिममा नेपालकै पहिलो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउँदैंछ भने विश्वविद्यालयको शिक्षण अस्पतालले सेवा सुरु गरिसकेको छ ।
त्यसबाहेक सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल रेफरल अस्पतालका रुपमा रहेको छ भने डडेल्धुरा अस्पताल संघीय अस्पतालका रुपमा छ । महाकाली अस्पताल, टीकापुर अस्पताल, बयलपाटा अस्पताल, लम्की चुहा अस्पताल, जोगबुढा अस्पताल प्रादेशिक अस्पतालका रुपमा रहेका छन् ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया