चिकित्सक संघ निर्वाचन : उच्च अदालतको फैसलापछि निर्वाचन प्रक्रिया सुचारु हुने
काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि रोकिएको निर्वाचन प्रक्रिया सुचारु हुने भएको छ।
आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने माग गर्दै चिकित्सकहरू डाअजयकुमार मिश्र र डा. विनोदकुमार महासेठ लगायतले दायर गरेको रिटमा उच्च अदालत पाटनले पक्षमा फैसला गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय डालकुमार खड्का र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले उक्त रिट जारी हुने फैसला सुनाएको हो। यो फैसालसँगै चिकित्सक संघको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बाटो खुला भएको छ ।
यसअघि निर्वाचन समितिले उम्मेदवारीका सम्बन्धमा गरेको निर्णयविरुद्ध गत ९ पुसमा अदालतमा रिट दायर गरिएको थियो ।
अदालती प्रक्रियाका कारण केही समयदेखि ठप्प रहेको निर्वाचन कार्यक्रम अब द्रुत गतिमा अघि बढ्ने देखिएको छ । केही दिनअघि सम्पन्न चिकित्सकहरूको सर्वपक्षीय भेलाले अदालतको फैसला आएको खण्डमा चैतभित्रै निर्वाचन सम्पन्न गर्ने अनौपचारिक सहमति गरेको थियो ।
सहमति अनुसार उपत्यकाबाहिर आगामी २१ र २२ चैतमा तथा काठमाडौँ उपत्यकामा २८, २९ र ३० चैतमा निर्वाचन गर्ने योजना बनाइएको छ। अदालतको आजको फैसलापछि निर्वाचन समितिले एक–दुई दिनभित्रै औपचारिक सूचना जारी गरी निर्वाचनको मिति तय गर्ने बुझिएको छ।
यो फैसलासँगै चिकित्सक संघको नेतृत्व चयनका लागि देखिएको लामो समयको अन्योल अन्त्य भएको छ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया