डडेल्धुरा अस्पताल : खरिद ऐन विपरित उपकरण खरीदको प्याकेज नै ‘लक’
काठमाडौं । डडेल्धुरा अस्पतालले चालु आर्थिक वर्ष २०८२/०८३ मा खरिद गर्न लागेको विभिन्न स्वास्थ्य उपकरणहरुको प्याकेज नै लक गरेको पाइएको छ ।
असोज दोश्रो साता अस्पतालले २ प्याकेजमा विभिन्न उपकरणको खरीद प्रक्रिया अगाडि बढाएसँगै उपकरण खरिदको प्याकेज नै लक गरेको पाइएको हो ।
पहिलो प्याकेजमा एक्सरे मेसिन र डिआर, पोर्टटेबल एक्सरे, पोर्टेबेल अल्ट्रासाउण्ड, प्यासेन्ट मोनिटर र मोनिटर ओटी टेबल राखिएको छ ।
दोस्रोमा, बायोकेमेष्ट्री एनालाईजर, ओटी लाईट, ईसिजी मेसिन नेबुलाईजनर, बिरामी जाँच गर्ने बेड, ईलेक्ट्रो सर्जिकल युनिट, सेन्ट्रीफ्युज मेसिन, ड्राई बाथ, ब्लड रोलर, माईक्रोस्कोप, रेडीयन्ट बार्मर जस्ता उपकरण राखिएका छन् ।
अस्पतालले उक्त खरीद प्रक्रियामा सार्वजनिक खरीद नियमावली ३ (क) मा गरीएका व्यवस्था उल्लंघन गरेको छ । नियमावलीमा भनिएको छ, एक आपसमा अन्तर सम्बिन्धत भई एउटै प्याकेजमा संचालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्र्धीलाई संकुचित र सिमित गर्ने गरी ठुल–ठुला प्याकेज बनाई बोलपत्र आह्वान गर्नु हुँदैन ।
तर, डडेल्धुरा अस्पतालले भने खरीद नियमावली विपरित प्याकेजिङ गरी स्वास्थ्य उपकरण खरीद प्रक्रिया अगाडी बढाएको हो ।
अस्पतालले स्वास्थ्य सामाग्री खरीद प्रक्रियामा रेडीयोलोजि विभाग, प्रयोगशाला विभागसँगै आईसियू, एनआईसियुका जनरल प्रकृतिका उपकरणहरु नछुट्याई प्याकेजिङ गरेको छ । प्याकेजिङ एकमा रेडीयोलोजि विभागका उपकरणसँगै आईसियूका उपकरणहरु राखिएको छ ।
त्यसैगरी, दोस्रो प्याकेजमा प्रयोगशाला, एनआईसियु, ओ टीका उपकरणसँगै फर्निचरका सामाग्रीहरु समेत राखिएको छ ।
यता, डडेल्धुरा अस्पतालका खरिद समिति संयोजक कृष्ण प्रसाद जैशीले बजेटको शिर्षक अनुसार नै उपकरण खरिद प्रक्रिय अगाडि बढाएको दाबी गरे । ‘विनियोजित बजेट शीर्षकमा जे उपकरण खरिद गर्न भनिएको छ, सो अनुसार नै प्याकेज बनाइएको हो’ उनले भने ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया