Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्रालय तथा विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको थियो।

सम्झौताले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य विज्ञानसम्बन्धी उच्च शिक्षा विस्तार तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहकार्यको आधार तयार गरेको जनाइएको छ। विश्वविद्यालयको शैक्षिक क्षमता र प्रदेश सरकारको आवश्यकताबीच समन्वय गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीसहित मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिममा स्वास्थ्य शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग प्रदेश सरकारको सहकार्यले आगामी दिनमा स्वास्थ्य शिक्षाका थप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!