सामुदायिक विद्यालय,अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ ।
कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिए ।
अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ ।
अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी हस्पिटल सिनामङ्गल (ग्रीन बड्स बेकरी क्याफे) क्यान्टिन, भरोसा अस्पताल वानेश्वरको (सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर) लगायतका क्यान्टिनको अनुगमन गरीसकेको कामपाको भनाइ छ ।
कामपाले बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम दिइसकेको छ ।
कामपाको खाद्य प्राविधिक अधिकारीका अनुसार खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका तालिमका विषय थिए ।
नेपाल सरकारले आव २०७७/०७८ बाट प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म तथा आव २०७९/८० देखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम गरेको छ । कामपाले कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउँछ ।
अनुगमनका क्रममा कमजोरी सुधारका लागि सुझाव दिने र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरीएको छ । विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही रहेको पाइएको छ ।
कपडा र खाद्यवस्तुसँगै राख्ने गरिएको पाइन्छ । खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने भाँडो (डस्टबिन) को समुचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरिएकोजस्ता कैफियत भेटिएको कामपाको भनाइ छ ।
क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्डविपरीत समेत पाइएको बताइएको छ । खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाडा माझ्ने, आगो सुरक्षाका उपकरणमा ध्यान नदिने साझा समस्या हुन् ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया