पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको बताउएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको मौखिक प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र सोह्रौँ योजना २०८१/८२, २०८५/८६ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको र जसमा पुनःस्थापना सेवा पनि समावेश गरिएको जानकारी दिए ।
उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखामार्फत पुनःस्थापना सेवा प्रवाह भइरहेको पनि बताए ।
“सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/८० मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घ रोगबाट प्रभावित नागरिकको लागि साथै प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गर्ने विषय उल्लेख भएको थियो, त्यसको कार्यान्वयनस्वरुप स्वास्थ्य पुनःस्थापना सेवाहरुको व्यवस्थित सञ्चालन, नियमन र अनुगमनका लागि पुनःस्थापना सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०७९ ल्याउने काम भइरहेको छ ।”
उनले पुनःस्थापनाको पहुँच र गुणस्तर कायम गराउन राष्ट्रिय पुनःस्थापनासम्बन्धी रणनीतिको तयारी भइरहेको उल्लेख गर्दै सरकारको २३ वटा सङ्घीय अस्पताल, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालबाट फिजियोथेरापी सेवाहरु उपलब्ध भइरहेको जानकारी दिए ।
मन्त्री पौडेलले भने, “पुनःस्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण सेवा हो, यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई पुनः सामान्य जीवनमा फर्कन सघाउँछ, अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनःस्थापना केन्द्रहरु प्रमुख सहरमा सीमित छन्, तर मागबमोजिम पर्याप्त सेवा दिनेगरी विकास भएको छैन ।
पुनःस्थापना सेवाअन्तर्गत स्वास्थ्य उपचारका लागि लामो समय लाग्ने उल्लेख गरे । उनले भने, “सो सेवा प्रत्यक्ष रुपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालय बीचको समन्वय आवश्यक छ ।” मन्त्री पौडेलले पुनःस्थापना केन्द्रलाई थप व्यवस्थित बनाउन थप लगानी आवश्यक भएको बताए ।
सांसद जनप्रसाद शर्माले सरकारी स्वामित्वमा बहुउद्देश्य पुनःस्थापना केन्द्र बनाउनेबारे सरकारको योजना के छ ? भनी मन्त्री पौडेललाई प्रश्न गरेका थिए ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया