गृहपृष्ठ ∕ मुख्य समाचार ∕ विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
काठमाडौँ। राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गरे । “फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोेग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छौं”, उनले भने, “फलफूल पनि पाक्ने समय अगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ । गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।”
सांसद गङ्गाकुमारी बेल्वासेले पतञ्जली जग्गा हिनामिना प्रकरणबारे चर्चा गर्दै विदेशी कम्पनीलाई बिनाआवश्यक कागजपत्र दर्ता गरिएको टिप्पणी गरीन् । उनले भने, “अहिले कानुन संशोधन गरेर जग्गा कम्पनीलाई दिने र बेच्ने भन्ने छ, त्यो बेठिक छ ।”
सांसद गोेपाल भट्टराईले असारदेखि असोजसम्म डेङ्गी रोग प्रकोपका रूपमा फैलिन सक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद गोपीबहादुर सार्की आछामीले बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक समयमै पुनर्निर्माण गर्न सभाअध्यक्षमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्माले किसान पेन्सनको व्यवस्था गर्न माग गर्दै कृषकलाई मल र बीउ समयमा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा सांसद मायाप्रसाद शर्माले जाजरकोट जिल्लामा मानसिक असन्तुलनका कारण बढदो मृत्युदरको तथ्याङ्क प्रस्तुत गर्दै त्यहाँ मानसिक अस्पताल निर्माणको आवश्यकता औँल्याए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया