देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन
काठमडौं । विभिन्न अस्पतालहरूले विगतमा खरिद गरेका करोडौँ मूल्यका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार कोशी अस्पतालमा भेण्टिलेटर लगायत २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको थियो ।
स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल, यु।एस।जी मेसिन र ११ थान भेन्टिलेटर, शहीद गंगालाल हृदयरोग केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थान लगायतका उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको हो ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड १९ प्रयोजनको लागि स्थापना भएको बेडको अस्पताल तत्पश्चात डेङ्गु उपचारका लागि प्रयोगमा ल्याइएकोमा हाल भेन्टिलेटर सहितको २० आइसीयु र सो अस्पतालमा प्रयोग भएका २४ करोड ५१ लाख ५२ हजारको उपकरण, ट्रमा सेन्टर अस्पतालमा मुटुरोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५ सयको क्याथल्याब मेसिन तथा २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सि आर्म मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकम्यान काउण्टर बिग्रिएका कारण सञ्चारणमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लागत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन सुझाव दिएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया