संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरुरी रहेको बताए । उनले भने, “संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।”
राष्ट्रपति पौडेलले संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरूले पेसालाई सेवाभावको दृष्टिकोणले हेर्नुहुने विश्वास व्यक्त गरे । हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु नेपालकै लागि खुसीको विषय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, “नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको छ । चिकित्सक बिदेसिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले आवश्यक कदम चाल्नुपर्छ ।”
प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आम नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुसीको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालका रुपमा यसले चिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पु¥याउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ समेत प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रा डा सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
ताजा अपडेट
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया