स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा कैलाली पहिलो, बझाङ दोस्रो
धनगढी। सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकाङ्कहरूको मूल्याङ्कनमा उत्कृष्ट प्रगति हासिल गर्दै कैलाली पहिलो भएको हो।
स्वास्थ्य कार्यालयहरूको कार्यसम्पादनमा स्वास्थ्य कार्यालय बझाङ दोस्रो र स्वास्थ्य कार्यालय दार्चुला तेस्रो भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८२/०८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य कार्यालयहरूलाई सम्मान गरेको हो।
स्वास्थ्य कार्यक्रमका सूचकाङ्कहरूको मूल्याङ्कन गर्दा प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय कैलालीलाई सम्मान-पत्र प्रदान गरिएको छ। सम्मान-पत्रमा कैलालीले उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको समग्र स्वास्थ्य अवस्था सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्रबहादुर बम, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव संगीता ओझा र सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले संयुक्त रूपमा सम्मान-पत्र प्रदान गरेका हुन्।
स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहको अवस्था तथा निर्धारित स्वास्थ्य सूचकाङ्कमा हासिल गरेको प्रगतिका आधारमा कार्यालयहरूको मूल्याङ्कन गरिएको हो।
ताजा अपडेट
- स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा कैलाली पहिलो, बझाङ दोस्रो
- स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल डोटी प्रदेशकै उत्कृष्ट
- सुदूरपश्चिममा स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु
- डडेल्धुरा अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित ५६ जना कर्मचारी माग
- एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता
- स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड
- चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन
- स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ : मुख्यमन्त्री भट्ट
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया