Techie IT
  • आईतबार, मंसीर ७, २०८३ / Monday, November 23, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल डोटी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल डोटी प्रदेशकै उत्कृष्ट


डोटी । स्वास्थ्य सेवा प्रवाहका सूचकांकको मूल्यांकनमा जिल्ला अस्पताल डोटी सुदूरपश्चिम प्रदेशकै प्रथम भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशअन्तर्गतका अस्पतालहरूले प्रदान गरेको स्वास्थ्य सेवाको मूल्यांकनका आधारमा जिल्ला अस्पताल डोटीले प्रथम स्थान हासिल गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय राजपुर डोटीले अस्पताललाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मानपत्र प्रदान गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमका अवसरमा आयोजित कार्यक्रममा जिल्ला अस्पताल डोटीलाई सम्मान गरिएको हो।
स्वास्थ्य सेवा प्रवाहका विभिन्न सूचकांकमा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गर्नु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!