आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स-२०३०’ हुने

काठमाडौँ । नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘स्पेक्स(२०३०’ कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उक्त कार्यक्रम सुरु गर्न लागेको हो ।
डब्लुएचओको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले पछिल्लो समय बालबालिका र युवामा टाढा वा नजिकको देख्न नसक्ने दृष्टि दोषको समाधान गर्न ‘स्पेक्स–२०३०’ कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले यस्ता कार्यक्रम कार्यान्वयनले विश्वव्यापी रूपमा नेपालले आँखासम्बन्धी उपचारका सम्बन्धमा गरेको प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।
डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कार्यक्रमले सबै नागरिकको आँखासम्बन्धी स्वास्थ्य सेवा र चस्मामा पहुँच सुनिश्चित गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले उक्त स्पेक्स कार्यक्रमले आँखा स्वास्थ्यलाई समग्र स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउन सहयोग गर्ने बताए । उनले विशेषगरी अत्यावश्यक आँखा उपचार सेवाको खाँचो परेका व्यक्तिमा कार्यक्रम केन्द्रित हुँदै सबैका लागि आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने जानकारी दिए । उनले यथाशीघ्र कार्यक्रम कार्यान्वयन हुने बताए ।
स्पेक्सको उद्देश्य दृष्टि दोष उपचार सेवामा पहुँच सुधार गर्नु, सेवा विस्तार गर्नु, सेवा प्रदान गर्न दक्ष जनशक्ति तयार गर्नु, जनतालाई दृष्टि र आँखाको स्वास्थ्यका बारेमा शिक्षित गर्नु, दृष्टि दोष उपचार सेवा, चस्माको लागत घटाउनुलगायत रहेको डब्लुएचओले जनाएको छ ।
ताजा अपडेट
- ११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
- धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
- बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला
- विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
- बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन् !
- प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
- आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
- गौरीफन्टा नाकामा भारतबाट फर्केका तीन जनामा कोभिड पुष्टि
धेरैले पढेको
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
- विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- स्वस्थ्य जिवनशैली, सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
तपाईको प्रतिक्रिया