आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स-२०३०’ हुने
काठमाडौँ । नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले ‘स्पेक्स(२०३०’ कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उक्त कार्यक्रम सुरु गर्न लागेको हो ।
डब्लुएचओको दृष्टि तथा आँखा स्वास्थ्य कार्यक्रमका डा स्टुअर्ट किलले पछिल्लो समय बालबालिका र युवामा टाढा वा नजिकको देख्न नसक्ने दृष्टि दोषको समाधान गर्न ‘स्पेक्स–२०३०’ कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले यस्ता कार्यक्रम कार्यान्वयनले विश्वव्यापी रूपमा नेपालले आँखासम्बन्धी उपचारका सम्बन्धमा गरेको प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।
डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कार्यक्रमले सबै नागरिकको आँखासम्बन्धी स्वास्थ्य सेवा र चस्मामा पहुँच सुनिश्चित गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले उक्त स्पेक्स कार्यक्रमले आँखा स्वास्थ्यलाई समग्र स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउन सहयोग गर्ने बताए । उनले विशेषगरी अत्यावश्यक आँखा उपचार सेवाको खाँचो परेका व्यक्तिमा कार्यक्रम केन्द्रित हुँदै सबैका लागि आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने जानकारी दिए । उनले यथाशीघ्र कार्यक्रम कार्यान्वयन हुने बताए ।
स्पेक्सको उद्देश्य दृष्टि दोष उपचार सेवामा पहुँच सुधार गर्नु, सेवा विस्तार गर्नु, सेवा प्रदान गर्न दक्ष जनशक्ति तयार गर्नु, जनतालाई दृष्टि र आँखाको स्वास्थ्यका बारेमा शिक्षित गर्नु, दृष्टि दोष उपचार सेवा, चस्माको लागत घटाउनुलगायत रहेको डब्लुएचओले जनाएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया