Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशसुदूरपश्चिममा ‘एम्बुलेन्स सेवा निर्देशिका २०८२’ लागू गर्न निर्देशन

सुदूरपश्चिममा ‘एम्बुलेन्स सेवा निर्देशिका २०८२’ लागू गर्न निर्देशन


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर एम्बुलेन्स सेवा सञ्चालनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ कार्यान्वयनमा ल्याउने भएको छ।

सामाजिक विकास मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार निर्देशिकाको दफा १२ बमोजिम एम्बुलेन्स सेवा सञ्चालन अनुमति लिन सम्बन्धित सञ्चालकहरूलाई आवश्यक कागजातसहित आवेदन पेश गर्न सूचना जारी गरेको छ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स सञ्चालकलाई आफूले सेवा सञ्चालन गरिरहेको जिल्लाको स्वास्थ्य कार्यालयमा तोकिएको समयभित्र निवेदन पेश गर्न आग्रह गरेको छ।

तोकिएको समयभित्र निवेदन पेश नगरेमा प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत मन्त्रालयले चेतावनी दिएको छ।

निर्देशिकाले एम्बुलेन्स सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्ने, सेवा सञ्चालनको अनुगमन तथा व्यवस्थापन गर्ने र बिरामीलाई सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।

 



तपाईको प्रतिक्रिया

error: Content is protected !!