पीएमका स्वास्थ्य सल्लाहकार जेपी कुन स्वार्थ लिएर जाँदै छन् डा. केसीसँग वार्ता गर्न ?
धनगढी । धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले सक्रियता देखाए पनि वार्ता टोलीको संरचनामै प्रश्न उठ्न थालेको छ । विशेषगरी प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद (जेपी) अग्रवाललाई वार्ता टोलीमा समावेश गरिएको विषयलाई लिएर स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका केही जानकारहरूले निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका छन् । मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेपछि वार्तामार्फत समाधान खोज्ने प्रयासस्वरूप सचिवलाई धनगढी पठाइएको हो । आइतबार स्वास्थ्य सचिव डा. विकाश देवकोटासँगै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अग्रवाल पनि वार्तामा सहभागी हुने कार्यक्रम छ । तर शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा विगतदेखि आलोचनात्मक धारणा राख्दै आएको आरोप लागेका व्यक्ति नै वार्ता टोलीमा राखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्वास्थ्य क्षेत्रका केही जानकारहरूको दाबी अनुसार डा. अग्रवालले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुन नहुने धारणा राख्दै आएका छन् । उनी काठमाडौंस्थित आइओएम वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये कुनै एकलाई मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने पक्षमा रहेको दाबी गरिन्छ ।
यता, डा. गोविन्द केसीले पनि विगतमा गेटामा विश्वविद्यालय स्थापना गर्नुभन्दा विद्यमान संस्थालाई विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । यही कारण शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयप्रति समान धारणा राख्ने आरोप लागेका व्यक्ति र आन्दोलनरत पक्षबीचको सम्बन्धलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन् । उच्च स्रोतलाई उद्धृत गर्दै केही पक्षले डा. अग्रवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गेटा विश्वविद्यालयको प्रक्रिया प्रभावित पार्न प्रयास गरिरहेको आरोप लागेको छ । यद्यपि, यसबारे प्रधानमन्त्री कार्यालय वा डा. अग्रवालले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
आलोचकहरू प्रश्न गर्छन्–गेटा विश्वविद्यालयप्रति पूर्वाग्रह रहेको आरोप लागेका व्यक्तिलाई नै वार्ता टोलीमा राख्दा सरकारले निष्पक्ष संवादको सन्देश दिन खोजेको हो कि कुनै निश्चित एजेन्डालाई अघि बढाउन ? स्वास्थ्य तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले वार्ता सफल बनाउन वार्ता टोली पूर्ण रूपमा निष्पक्ष, स्वार्थरहित र विश्वासयोग्य हुनुपर्ने बताएका छन् । उनीहरूका अनुसार, वार्ताको उद्देश्य समाधान खोज्नु हो, कुनै पूर्वनिर्धारित एजेन्डालाई वैधता दिनु होइन । यस विषयमा डा. जेपी अग्रवाल, प्रधानमन्त्री कार्यालय तथा शिक्षा मन्त्रालयको आधिकारिक धारणा आउन बाँकी छ ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा रहेको गेटा अस्पतालको नाममा खरिद गरिएका सवारी साधान (एक चार पाङ्ग्रे गाडी र एक मोटरािईकल) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पूर्ण रुपमा हस्तान्तरण गरिएकको छ । हस्तान्तरण गरिएको मध्ये सु प प्र ०१ ००१ झ ०५९६ नम्बरको चार पाङ्ग्रे गाडी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. देवकोटाले प्रयोग गरिरहेका छन् । यो तथ्यले पनि उनको र अग्रवालको केही फरक स्वार्थ रहेको संकेत गर्छ ।
- # डा. गोविन्द केसी
- # शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
- # शिक्षामन्त्री सस्मित पोखरेल
- # स्वास्थ्य सचिव डा. विकाश देवकोटा
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया