इबोला प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेमोक्रेटिक रिपब्लिक अफ द कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। यसले छिमेकी देशहरूमा पनि जोखिम उत्पन्न गरेको बताइएको छ।
डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले सम्बन्धित देशहरू .(जहाँ हाल प्रकोप सक्रिय छ) सँग परामर्श गरेपछि बन्डिबुग्यो भाइरसबाट उत्पन्न इबोलालाई उक्त दुवै देशमा अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्कालका रूपमा निर्धारण गरिएको हो।
डब्लूएचओका अनुसार बन्डिबुग्यो भाइरसबाट उत्पन्न यो प्रकोप प्यान्डेमिक आपत्कालको मापदण्ड पूरा गर्दैन, तर डेमोक्रेटिक रिपब्लिक अफ द कंगोसँग सीमा जोडिएका देशहरूमा यसको थप फैलावटको उच्च जोखिम रहेको छ। डब्लूएचओले शनिबारसम्मको विवरण उद्धृत गर्दै कंगोको इटुरी प्रान्तमा कम्तीमा ८० शंकास्पद मृत्यु, आठ प्रयोगशालामा पुष्टि भएका केस र २४६ शंकास्पद केस दर्ता भएको जनाएको छ।
डब्लूएचओले यो प्रकोपले अन्य देशहरूमा स्वास्थ्य जोखिम उत्पन्न गरिसकेको बताउँदै देशहरूलाई आपत्कालीन संयन्त्र सक्रिय गर्न, सीमा नाकामा परीक्षण गर्न र आन्तरिक प्रमुख मार्गहरूमा निगरानी बढाउन सुझाव दिएको छ।
संक्रमित वा सम्पर्कमा आएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय यात्रामा रोक लगाउनुपर्ने र चिकित्सा उद्धारबाहेक यात्रा प्रतिबन्ध लागू गर्नुपर्ने डब्लूएचओले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। सम्पर्कमा आएका व्यक्तिहरूलाई २१ दिनसम्म निगरानीमा राख्नुपर्ने सुझाव डब्लूएचओको छ।
डब्लूएचओले डरका कारण सीमा बन्द वा व्यापार र यात्रामा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेको छ। यसले अवैध मार्गबाट आवागमन बढाउन सक्ने र नियन्त्रण प्रयास कमजोर बनाउन सक्ने बताइएको छ।
इबोला भाइरस डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको घना उष्णकटिबन्धीय जंगलहरूमा प्राकृतिक रूपमा पाइने मानिन्छ। यो भाइरस संक्रमित व्यक्तिको शरीरका तरल पदार्थ, दूषित सामग्री वा मृत शरीरसँगको सम्पर्कबाट सर्छ। यसले ज्वरो आउने, शरीर दुख्ने, बान्ता र पखाला जस्ता गम्भीर लक्षणहरू निम्त्याउने र प्रायः घातक हुने बताइएको छ।
डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको स्वास्थ्य मन्त्रालयले शुक्रबार पूर्वी प्रान्तमा ८० जनाको मृत्यु भएको जनाएको थियो। यो देशमा देखिएको १७औँ इबोला प्रकोप हो, जहाँ पहिलो पटक १९७६ मा इबोला पहिचान गरिएको थियो। डब्लूएचओका अनुसार प्रारम्भिक नमुनामा उच्च पोजिटिभ दर र बढ्दो शंकास्पद केसका कारण यो प्रकोप अझ ठूलो हुन सक्ने अनुमान गरिएको छ।
यो प्रकोप असाधारण मानिएको छ किनभने बन्डिबुग्यो भाइरसका लागि हालसम्म कुनै अनुमोदित उपचार वा खोप उपलब्ध छैन। यसअघि डेमोक्रेटिक रिपब्लिक अफ द कंगोमा देखिएका अधिकांश प्रकोपहरू इबोला–जायर स्ट्रेनका कारण भएका थिए, जसका लागि केही उपचार उपलब्ध छन्।
युगान्डाको राजधानी कम्पालामा डेमोक्रेटिक रिपब्लिक अफ द कंगोबाट आएका व्यक्तिहरूमा दुई भिन्नभिन्न प्रयोगशाला पुष्टि भएका छन्। डेमोक्रेटिक रिपब्लिक अफ द कंगोको राजधानी किन्सासामा पनि इटुरीबाट फर्किएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया