शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ब्रेक !
संरचनात्मक सुधार की विकासको गतिलाई रोक्ने राजनीतिक हस्तक्षेप ?
धनगढी । सुदूरपश्चिमको चिकित्सा शिक्षा क्षेत्रमा ठुलो झट्का लागेको छ । सरकारले जारी गरेको सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ राजपत्रमा प्रकाशित भएसँगै शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा एकाएक ब्रेक लागेको हो ।
अध्यादेशको व्यवस्था अनुसार विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार मात्र होइन पदपूर्ति समितिका संयोजकसमेत पदमुक्त गरिएपछि संस्थाको नेतृत्व नै शून्य अवस्थामा पुगेको छ ।
तत्कालीन सरकारको पालामा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका पदाधिकारीलाई हटाउने निर्णयले शिक्षा क्षेत्रमै तरंग सिर्जना गरेको छ । विश्वविद्यालयले एमबिबिएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको अन्तिम तयारी गरिरहेका बेला आएको यो निर्णयले सम्पूर्ण प्रक्रिया अन्योलमा धकेलिएको छ ।
करिब ७७ जना प्राध्यापक तथा उपप्राध्यापक करारमा नियुक्त गरिसकेको विश्वविद्यालय अहिले नेतृत्वविहीन हुँदा उनीहरूको भविष्यसमेत अनिश्चित बनेको छ । यस्तै, ३०० शय्याको शिक्षण अस्पताल स्तरोन्नतिको प्रक्रिया, आवश्यक उपकरण खरिद, तथा पूर्वाधार विकासका कामहरू रोकिने खतरा बढेको छ ।
चिकित्सा शिक्षा आयोगको अनुगमन टोली जेठ महिनामा आउने तयारी भइरहेका बेला यस्तो हस्तक्षेपले स्वीकृति प्रक्रिया नै प्रभावित हुने देखिएको छ । विश्वविद्यालयले ५० एमबिबिएस, ३० नर्सिङ, २० बीएससी एमएलटी र २० अप्टोमेट्री सिट सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि बढाइरहेको थियो । तर सरकारको पछिल्लो कदमले यी सबै योजना अधुरै रहने संकेत देखिएको छ ।
विशेषज्ञहरूका अनुसार यो निर्णय केवल प्रशासनिक फेरबदल मात्र नभई सुदूरपश्चिमको स्वास्थ्य शिक्षा विकासमाथिको ठुलो आघात हो । स्थानीयस्तरमा चिकित्सा शिक्षा विस्तार गर्ने प्रयासलाई कमजोर बनाउने यस्तो कदमविरुद्ध अब कानुनी र राजनीतिक चुनौती उठ्ने सम्भावना बढेको छ ।
सरकारको यो निर्णयले सुधारको नाममा संरचना भत्काउने काम भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । अब प्रश्न उठेको छ—के यो कदम वास्तवमै सुधारका लागि हो, वा विकासको गतिलाई रोक्ने एउटा राजनीतिक हस्तक्षेप ?
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया