जिल्ला अस्पताल अछामको ‘बद्मासी’ खुलासा गर्ने प्रतिवेदन कसको आडमा थन्कियो ?
काठमाडौं । जिल्ला अस्पताल अछाममा हुने गरेको आर्थिक अनियमितता सतहमा आएको छ । अस्पतालकै मुख्य जिम्मेवारीमा रहेका कर्मचारीकै संरक्षणमा उक्त अनियमितता हुने गरेको तथ्य सार्वजनिक भएको हो ।
गत फागुन १० गते नै जिल्ला अस्पताल अछामको नगद, औषधी, स्टोरमा भएका सामाग्री तथा उपकरणहरु चेरी भएको उजुरी सुदू्रपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा परेको थियो । उक्त उजुरीमाथि छानबिन गरेर प्रतिवेदनसमेत प्रदेशको सामाजिक विकास मन्त्रालयमा बुझाएको दाबी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको छ । तर, मन्त्रालयले भने छानबिन प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले छानबिन गर्दा नगद, औषधी, स्टोरमा भएका सामाग्री तथा उपकरणहरु चेरीसँगै थप फार्मेसीमा समेत २८ लाख भन्दा बढी अनिमिययता भएको भेटिएको जनाएको छ । यसबाहेक महालेखा परीक्षकले जिल्ला अस्पताल अछाममा बिगतमा भएका गरेको खरिद प्रक्रियामा समेत प्रश्न उठाएको छ ।
महालेखा परीक्षकको कार्याललले जारी गरेको प्रतिवेदनमा समेत जिल्ला अस्पताल अछामले एकै आर्थिक वर्षमा ७६ वटा कोटेशन प्रक्रियामार्फत औषधी, उपकरणहरु खरिद गरेको उल्लेख छ । तर, सार्वजनिक खरिद ऐन अनुसार १० लाख भन्दा माथिको कुनै पनि सामाग्री खरिद गर्नु पर्दा अनिवार्य टेण्डर प्रक्रियामा जानु पर्ने हुन्छ ।
जिल्ला अस्पताल अछाममा हुने गरेको बद्मासी यत्तिमै सीमित छैन । विगतका वर्षहरुमा खरिद गरिएको विभिन्न औषधी तथा सामाग्रीको ४० लाख भन्दा बढी भुक्तानी अहिलेसम्म भएको छैन ।
अस्पतालको नगद काउन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट हितेश खड्काको नाममा १८ लाख भन्दा बढी बेरुजू देखिएपछि अस्पतालले खड्कालाई पत्र नै काटेर बेरुजु पर्छर्यौट गर्न भनेको थियो । तर स्वास्थ्य निर्देशनालयले छानबिन गरिरहदा चैत्र २५ गते मात्रै खड्काले १८ लाख ७२ हजार ५ सय ७३ रुपैया बैकमा जम्मा गरेको भेटिएको छ ।
यो अनियमितता छानबिन गराउने तत्कालिन मेसु डा. कमलेश प्रसाद यादव र अनियमिततालाई संरक्षण गरेको आरोप लागेका नर्सिङ कर्मचारी गंगा बुढामगर र सहायक प्रशासकिय अधिकृत झपट बहादुर थापाको सरुवाका लागि सहमति माग्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो ।
यो पत्रचार उपर मुख्यमन्त्री कार्यालयले भने कुनै पनि कारबाही अगाडि नबढाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संघ अन्तर्गत गरेको डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका डा. कमलेश काजमा जिल्ला अस्पताल अछाम गएको भएपनि उनी अहिले सरुवाको लागि मन्त्रालय धाइरहेका छन् ।
तर, बुढामगर र थापा भने सत्ता र शक्तिको आडमा फेरि पनि अछाममै बस्ने रणनीतिमा देखिएका छन् । पहुँचकै कारण जिल्ला अस्पताल अछामको आर्थिक अनियमितता सम्बन्धि छानबिन गरि तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मीले भने, जिल्ला अस्पताल अछामको आर्थिक अनियमितताबारे आन्तरीक रुपमा छानबिन गरेको बताए । उक्त छानबिन प्रतिवेदन अहिले अध्ययनको क्रममाा रहेको बताउदै सचिव रेग्मी भने, ‘दोषी देखिए कारबाही प्रक्रिया अगाडि बढ्छ ।’
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया