अछाम जिल्ला अस्पतालमा लाखौँ हिनामिना, मन्त्रालयले थाल्यो छानबिन
धनगढी । अछाम जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरूको एउटा समूहले ‘सेटिङ’ मिलाएर अस्पतालको औषधि, उपकरण र नगद राजस्वमा लाखौँ रुपैयाँ हिनामिना गरेको तथ्य बाहिर आएपछि सामाजिक विकास मन्त्रालयले छानबिन सुरु गरेको छ।
कर्मचारीहरूकै मिलेमतोमा अस्पतालमा लुटतन्त्र मच्चिएको भन्दै समाचार प्रकाशित भए पछि खोजीनीति सुरु भएको हो। मन्त्रालयमा छानबिनको मागसहित यसअघि उजुरी समेत परेको थियो।
मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सुशासन कायम गर्ने मामिलामा कुनै सम्झौता नहुने र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
सचिव डा. रेग्मीले स्वास्थ्य निर्देशनालय, डोटीलाई पत्राचार गर्दै १५ दिनभित्र घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको पुष्टि गरे ।
“अछाम अस्पतालको विषयमा प्राप्त निवेदनका आधारमा हामीले मन्त्रालयमा गम्भीर छलफल गरेका छौँ। स्वास्थ्य निर्देशनालयलाई १५ दिनभित्र यथार्थ प्रतिवेदन बुझाउन पत्रमार्फत निर्देशन दिइसकेका छौँ। सुशासन कायम गर्ने मामिलामा कुनै कसर बाँकी नराखी हामी काम गर्छौँ,’ सचिव डा. रेग्मीले भने ।
मन्त्रालयमा परेको उजुरी अनुसार अस्पतालको नगद काउन्टर , फार्मेसी र स्टोरमा कार्यरत कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा लामो समयदेखि अनियमितता भइरहेको छ।
मन्त्रालयले पत्रमार्फत स्वास्थ्य निर्देशनालयलाई छानबिनको पूर्ण जिम्मेवारी सुम्पेको छ। पत्रमा सम्बन्धित पक्षहरूबाट आवश्यक कागजात र जानकारी संकलन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया