शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल
धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका विषयमा स्थानीय सरोकारवालासँगै विज्ञहरूसँग छलफल गरेको छ ।
नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले शनिबार आफ्नो कार्यालयमा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशी, सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पतालमा कार्यरत चिकित्सकहरू तथा अन्य सरोकारवाला विज्ञहरूको सहभागिता रहेको थियो ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीस्वरूप शुक्रबार प्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसँगै शिक्षण अस्पतालमार्फत पूर्ण रुपमा बिशेषज्ञ सेवा सँगै अनुसन्धानका कार्यक्रम समेत सुरु गर्ने तयारी गरिरहेको छ ।

आगामी आर्थिक वर्षमा एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले तोकेका आवश्यक मापदण्ड पूरा गर्ने कार्य अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।
साथै, आवश्यक कानुनहरूको निर्माण प्रक्रिया जारी रहेको र ती कानुनहरू आगामी दिनमा बस्ने सिनेट बैठकबाट स्वीकृत भएपछि कार्यान्वयनले थप गति लिने जानकारी विश्वविद्यालयले दिएको छ।
- # उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी
- # रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशी
- # शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया