Techie IT
  • बुधबार, जेठ १३, २०८३ / Wednesday, May 27, 2026
गृहपृष्ठमुख्य समाचारस्वास्थ्य बीमा बोर्ड : कार्यकारी निर्देशकमा डा कृष्णप्रसाद पौडेल

स्वास्थ्य बीमा बोर्ड : कार्यकारी निर्देशकमा डा कृष्णप्रसाद पौडेल


काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा.पौडेललाई जिम्मेवारी दिएकी हुन् ।

डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजिनामा दिएका थिए । डा. काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।

स्वास्थ्य बीमा ऐन ०७४ बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि कार्यकारी निर्देशकको रुपमा काम गर्ने मन्त्रालय वा अन्तर्गत बहाल रहेको नेपाल स्वास्थ्य सेवाको कम्तीमा ११औं तहको कर्मचारी खटाउन सक्नेछ । यही प्रावधानलाई टेकेर मन्त्रालयले पौडेललाई जिम्मेवारी दिएको हो ।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ ।

 

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!