४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
ढोरपाटन । स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउनडेसनका साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
परियोजनाले रु ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ । काठेखोलाका तीन स्वास्थ्य संस्थामा रु दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई रु एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए ।
त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई रु एक लाख ९६ हजार ५७४, गलकोटका दुई स्वास्थ्य संस्थालाई रु ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई रु ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।
परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्टे«चर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्वपूर्ण सामग्रीहरु उपलब्ध गराएको जनाइएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : ३ सय शैय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको तयारी गरीने
- गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया