गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ ।
कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी जानकारी दिए ।
उक्त कार्यका लागि कामपाले ३२ वटा वडामा दुई चरणमा तालिम सञ्चालनसमेत गरिसकेको छ । पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्राविधिकलाई प्रशिक्षण दिइसकेको केसीले जानकारी दिए ।
जनस्वास्थ्य गुणस्तरका राष्ट्रिय अन्तरराष्ट्रिय नीति, प्रक्रिया र अभ्यास, विरामीलाई नमूना सङ्कलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम, गुणस्तर नियन्त्रणका प्रक्रिया, क्षयरोगको नमूना सङ्कलन र परीक्षण, प्रयोगशालाको स्वच्छता र सरसफाइ, हानिकारक फोहर व्यवस्थापनका साधन, उपकरण तथा विधि, जनशक्तिबीचको आपसी सम्बन्धलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अभ्यास समेत गराइएको छ ।
कामपाले ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हरेक वडामा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएका छन् । यी प्रयोगशालाहरूमा मधुमेहसहित रगतबाट गरिने जाँच, मिर्गौलासहित पिसाबका जाँचिने रोग, खकारबाट जाँचिने क्षयरोगसहित आधारभूत स्वास्थ्य परीक्षण गरिन्छ ।
‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशालामध्ये ‘डी’ र ‘ई’ समूहका प्रयोगशालाको सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदी भन्छन्, “काठमाडौँ महानगरपालिकाका प्रयोगशालाहरूको गुणस्तर कायम गराउन तथा जनशक्तिको क्षमता बढाएर कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने बनाउन तत्पर छौँ ।”
‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३’ अनुसार सरकारी स्तरका हेल्थपोष्टमा आधारित प्रयोगशाला ‘ई’ समूहका र सरकारी स्तरका प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला ‘डी’ समूहका प्रयोगशालामा पर्छन् ।
कामपाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज, ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार आन्तरिक नियन्त्रण प्रणाली र बाह्य प्रयोगशालाहरूसँगको सहकार्यमा प्रयोगशालाका नतिजालाई स्तरीय बनाउने प्रयास भइरहेको छ ।
प्रयोगशाला विज्ञान र प्रविधिमा आधारित हुन्छ । यी क्षेत्रहरूमा सबैभन्दा छिटो परिवर्तन आइरहेको हुनाले प्रयोगशालाका प्राविधिकहरूले आफूलाई हरेक दिन तालिममा सहभागी भएको महसुस गरेर आचरण गर्नुपर्ने, सेवा सञ्चालन मापदण्ड बनाएर त्यसका आधारमा काम गर्नुपर्ने छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया