Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठऔषधि तथा उपकरणक्यान्सर अस्पताललाई चिनियाँ सहयोग

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग


काठमाडौँ । चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ ।

मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो ।

चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताएका छन् ।

साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!