वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा
काठमाडौं । वीर अस्पतालमा सर्जिकल आईसीयु सञ्चालनमा आएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ९ शैय्याको सर्जिकल आईसीयुको उद्घाटन गरेका हुन् ।
संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्रालयको नीतिअन्तर्गत वीरमा आईसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले बताए ।
अब अपरेशन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेशनका लागि एआईसीयु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआईसीयु कक्षमा १४ बेड उपलब्ध छन् ।
जसमा अपरेशनका लागि तथा अपरेशन पश्चातका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ । तर, बेग्लै सर्जिकल आईसीयु कक्षले त्यो समस्या हटाएर आईसीयुको क्षमता बढाएको छ ।
मन्त्री पौडेलले संघीय अस्पतालहरुको सेवा विस्तार तथा सुधारका लागि मासिक योजना बनाउन भनेपछि स्वास्थ्य सचिव डा। विकास देवकोटाले मासिक कार्ययोजना तयार पार्न थालेका छन् । गत चैत्रमा पनि १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार भएको थियो ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया