डडेल्धुरा अस्पताल : खरिद ऐन विपरित उपकरण खरीदको प्याकेज नै ‘लक’
काठमाडौं । डडेल्धुरा अस्पतालले चालु आर्थिक वर्ष २०८२/०८३ मा खरिद गर्न लागेको विभिन्न स्वास्थ्य उपकरणहरुको प्याकेज नै लक गरेको पाइएको छ ।
असोज दोश्रो साता अस्पतालले २ प्याकेजमा विभिन्न उपकरणको खरीद प्रक्रिया अगाडि बढाएसँगै उपकरण खरिदको प्याकेज नै लक गरेको पाइएको हो ।
पहिलो प्याकेजमा एक्सरे मेसिन र डिआर, पोर्टटेबल एक्सरे, पोर्टेबेल अल्ट्रासाउण्ड, प्यासेन्ट मोनिटर र मोनिटर ओटी टेबल राखिएको छ ।
दोस्रोमा, बायोकेमेष्ट्री एनालाईजर, ओटी लाईट, ईसिजी मेसिन नेबुलाईजनर, बिरामी जाँच गर्ने बेड, ईलेक्ट्रो सर्जिकल युनिट, सेन्ट्रीफ्युज मेसिन, ड्राई बाथ, ब्लड रोलर, माईक्रोस्कोप, रेडीयन्ट बार्मर जस्ता उपकरण राखिएका छन् ।
अस्पतालले उक्त खरीद प्रक्रियामा सार्वजनिक खरीद नियमावली ३ (क) मा गरीएका व्यवस्था उल्लंघन गरेको छ । नियमावलीमा भनिएको छ, एक आपसमा अन्तर सम्बिन्धत भई एउटै प्याकेजमा संचालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्र्धीलाई संकुचित र सिमित गर्ने गरी ठुल–ठुला प्याकेज बनाई बोलपत्र आह्वान गर्नु हुँदैन ।
तर, डडेल्धुरा अस्पतालले भने खरीद नियमावली विपरित प्याकेजिङ गरी स्वास्थ्य उपकरण खरीद प्रक्रिया अगाडी बढाएको हो ।
अस्पतालले स्वास्थ्य सामाग्री खरीद प्रक्रियामा रेडीयोलोजि विभाग, प्रयोगशाला विभागसँगै आईसियू, एनआईसियुका जनरल प्रकृतिका उपकरणहरु नछुट्याई प्याकेजिङ गरेको छ । प्याकेजिङ एकमा रेडीयोलोजि विभागका उपकरणसँगै आईसियूका उपकरणहरु राखिएको छ ।
त्यसैगरी, दोस्रो प्याकेजमा प्रयोगशाला, एनआईसियु, ओ टीका उपकरणसँगै फर्निचरका सामाग्रीहरु समेत राखिएको छ ।
यता, डडेल्धुरा अस्पतालका खरिद समिति संयोजक कृष्ण प्रसाद जैशीले बजेटको शिर्षक अनुसार नै उपकरण खरिद प्रक्रिय अगाडि बढाएको दाबी गरे । ‘विनियोजित बजेट शीर्षकमा जे उपकरण खरिद गर्न भनिएको छ, सो अनुसार नै प्याकेज बनाइएको हो’ उनले भने ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया