भक्तपुर क्यान्सर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सोे घोषणा गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले ‘बिसिएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे । सो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए ।
नेपालमै पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालन गरिरहको प्यालियटिभ केयरलाई थप सुदृढ बनाउने तयारी गरेको बताए ।
कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताईन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताउँदै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया