नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा
केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा सिडिओ कार्यालय घेराउ
काठमाडौं। आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा दबाब दिन नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखिएको हो ।
देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले भने।
२४ घण्टाभित्र हाम्रा माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको छ। भनिएको छ, चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।
नेपाल चिकित्सक संघको विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफल भइ विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनता देखाएकाले उक्त निर्णय गरिएको बताइएको छ।
चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।
पटक-पटक समाधानको पहल चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। आफ्नो आन्दोलन निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजसँग नभइ कार्यान्वयन नगराउने राज्यसँग रहेको डा कार्कीको भनाइ छ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया