नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अवलम्बन गर्ने कार्यमा सहकार्य हुनेछ ।
त्यसैगरी नेपाल प्रहरी अस्पताल (प्रादेशिक अस्पतालहरू समेत) बाट रिफर भई आएका बहालवाला प्रहरी कर्मचारीहरुको आँखासम्बन्धी उपचार तथा शल्यक्रियाहरू नेत्रज्योति सङ्घअन्तगर्तका आँखा अस्पतालहरुबाट निःशुल्क गरिनेछ ।
उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्दले नेपालबाट अन्धोपन निवारण गर्ने सङ्घको योजनामा दुई संस्थाबीचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उनले आगामी दिनमा सेवा विस्तारका लागि सङ्घ सदैव तयार रहेको बताए ।
प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।
समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, आँखारोग विभाग प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा ज्योति बाँस्तोला पौडेलले हस्ताक्षर गरेका छन् ।
सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ ।
ताजा अपडेट
- ११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
- धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
- बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला
- विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
- बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन् !
- प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
- आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
- गौरीफन्टा नाकामा भारतबाट फर्केका तीन जनामा कोभिड पुष्टि
धेरैले पढेको
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
- विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- स्वस्थ्य जिवनशैली, सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
तपाईको प्रतिक्रिया