कैलालीका ३ पालिकामा संक्रामक रोगको समुदायमा आधारित निगरानी प्रणाली लागू गरिदै
धनगढी।कैलाली जिल्लाका तीन पालिकामा संक्रामक रोगहरुको साथै अनपेक्षित जनस्वास्थ्य घटनाको सुक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाभित्र समुदायमा घट्ने अनपेक्षित जनस्वास्थ्य घटना र सङ्क्रामक रोगहरुको सुक्ष्म निगरानी गरिने भएको हो ।
कैलाली जिल्लामा सङ्क्रामक रोगहरुको सुक्ष्म समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नका लागि स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख वलट नारायण चापागाई र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत तथा कैलाली जिल्ला कार्यक्रम संयोजक उपेन्द्र कार्की वीच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा सहमति भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका सुचना अधिकारी तथा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा प्रमुख मीनवहादुर धामीले नेपाल सरकारले तोकेको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको बताए ।
पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत तथा कैलाली जिल्ला कार्यक्रम संयोजक उपेन्द्र कार्कीले कार्यक्रम सञ्चालनको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न स्वास्थ्य कार्यालय कैलालीलाई अनुरोध गरे । उनले पहिलो चरणमा यो कार्यक्रम लागु हुने कैलालीका तीन पालिकाका स्वास्थ्यकर्मी, आमा समूह, टोल समूह, विद्यालय नर्स, शिक्षक, जनप्रतिनिधि र सुरक्षाकर्मी वीच अभिमुखिकरण गरिने बताए ।
कैलालीका तीन पालिकामा यस कार्यक्रम कार्यान्वयनको लागि प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने उनको भनाई छ । उनले महिला स्वास्थ्य स्वयंमसेविका, शिक्षक, नीजि फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइने जानकारी दिए । कार्यक्रम कैलालीमा २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
जिल्लामा कुनैपनि प्रकारका संक्रामक रोगहरु देखा परेपछि नजिकको स्वास्स्थ्य चौकी वा हेलो स्वास्थ्यको १११५ मा सूचना प्रवाह गर्न सबै नागरिकलाई सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका २२ जिल्लाका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । ती ४४ स्थानीय तहका ६ सय ६२ वटा वडामा कार्यक्रम सञ्चालन हुने पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत कार्कीले जनाएका छन ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया